newskoseli.Com

जापान गएर काम गर्न खुल्यो बाटो : भाषा र सिपमा दक्ष हुनुपर्ने, जापानी सरह सुविधा र पारिश्रमिक पाउने

रोजगारीका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ ।

श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपसिछ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापानमा नेपाली श्रमिकले पनि जापानी नागरिक सरह नै सुविधा र पारिश्रमिक पाउने तर त्यहाँ जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख गरिएको खबर रुद्र खड्काको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर