newskoseli.Com

गृह मन्त्रालयको सहसचिव हुँ भन्दै साढे पाँच करोड ठगी

आफूलाई गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने गौर– १, रौतहटका ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका, पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले बताए ।

डीएसपी बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै १ करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । बोगटीले भने– ‘क्यानडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति ५ लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयानअनुसार यादवले साँढे ५ करोड रुपैयाँ ठगी गरेका छन् ।’

सत्ता–शक्तिको भ्रममा पार्दै ठगी गर्ने प्रवृत्तिको पछिल्लाे उदाहरणसम्बन्धी यो खबर टेकराज थामीको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर