newskoseli.Com

मन्त्रालयहरुलेले किन टेरेनन् अख्तियारलाई ?

कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् ।

कर्णाली–रारा पर्यटन वर्षको उदघाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारले प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो । तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उदघाटन गरेको थियो । उदघाटन खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिमा प्रश्न उठेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले अनुसन्धान थालेको खबर ललितबहादुर बुढाको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर