newskoseli.Com

१४ वर्षीया बलाकृत बालिका भइन् गर्भवती

१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्‍याएकी थिइन् । भिडियो एक्स–रे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ ।

मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन् ।

‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा नै पाइनन्,’ अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले भनिन्– ‘गर्भवती भएको कुरा धेरै पछि मात्र थाहा भयो ।’ हनुमाननगर कंकालिनी– ४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका– ६, कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले यौनसम्पर्क राखेको पीडितको भनाइ छ ।

उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले । उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आएका थिए । मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले कम उमेरमा बच्चा जन्माउनु राम्रो होइन । ३४ सातामा गर्भपतन गराउन सकिँदैन ।

अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्वीकृति दिएको खबर मनोहर पोखरेलको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर