newskoseli.Com

खानेपानी मन्त्री मगरको दुःखेसो : ‘मेरो चरित्रहत्या गर्न खोजियो’

खानेपानीमन्त्री विना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खोजेको आरोप लगाउँदै दुःखेसो पोखेकी छन् ।

विवेकशील नेपाली नामको पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्रहत्या गर्न खोजेको भनाइ मन्त्री मगरको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित विवेकशीलले मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो ।

विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका नरहेको र मेलम्ची बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय रहेको उल्लेख गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर