newskoseli.Com

मोहन वैद्य ‘किरण’ को प्रश्न : ‘विप्लवको बन्दुक केका लागि र कसका विरुद्ध ?’

नेपाली कम्युनिस्ट आन्दोलनका पुराना, पाका एवं तुलनात्मक रुपले सबैभन्दा इमानदार ठानिएका नेता तथा हाल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को महासचिव रहेका मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक एजेन्डा प्रस्ट नभएको बताएका छन् ।

विप्लवको संघर्षको तरिका ठीक नभएको महासचिव वैद्यले बताए । ‘कुन तालको संघर्ष हो ?’ उनले प्रश्न गरे– ‘राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट छैन ।’ विप्लवको भूमिगत हुने र बन्दुक उठाउने कुराले आफू छक्क परेको उनको भनाइ छ ।

आफ्नो संघर्ष राज्यसत्ता, पुलिस, सेना कोहीविरुद्ध नभएको भन्दै आएको विप्लवको अभिव्यक्ति स्मरण गर्दै महासचिव वैद्यले प्रश्न गरे– ‘विप्लवको बन्दुक केका लागि, कसका विरुद्ध र कसका लागि ?’ नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’ मा कुरा गर्दै मोहन वैद्य ‘किरणले यी प्रश्न उठाएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर