newskoseli.Com

‘ठूलो’ पार्टीको साँघुरो कार्यालय : कार्यक्रम गर्न होटल र पार्टी प्यालेस !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रमहरु पार्टी प्यालेसमा हुने गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस प्रयोग हुने गरेको हो । डेढ सयभन्दा बढी नेता–कार्यकर्ता भेला हुने अधिकांश कार्यक्रम पार्टी प्यालेसमा हुने गरेका छन् । नेकपा केन्द्रीय समितिको बैठक बस्न समेत पार्टी कार्यालयमा ठाउँ छैन । दुई पार्टी एकीकरण पछि बनेको नेकपाका केन्द्रीय सदस्य मात्रै ४ सय ४१ जना रहेका छन् ।

पार्टी एकता भएको ११ महिना महिना बितिसक्दा समेत केन्द्रीय समितिको बैठक भने एक पटक पनि बस्न सकेको छैन । प्रदेशस्तरीय कार्यक्रम गर्न समेत पार्टी कार्यालयमा ठाउँको अभाव छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ सय जनाभन्दा बढी अटाउने हल नै छैन । कार्यालय परिसर पनि साँघुरो छ, जसका कारण पार्टी कार्यालयमा हुने कार्यक्रम होटल र पार्टी प्यालेसबाट सञ्चालन हुँदै आएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर