newskoseli.Com

‘विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा’ : पूर्वप्रधान सेनापतिको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग औपचारिक वार्ताविनै सेना–प्रहरी परिचालन गरेर ‘नियन्त्रण’ मा लिन खोज्नु मुलुकका लागि घातक हुन सक्ने चेतावनी पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीले दिएका छन् ।

नेकपामाथि ‘प्रतिबन्ध’ लगाइएपछि त्यसको पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका नेपाली सेनाका पूर्वप्रधान सेनापति क्षत्रीले अहिले सरकारले चालेको कदमको आलोचना गरेका हुन् ।

भदौ २४ मा अवकाश पाएका पूर्वप्रधान सेनापति क्षत्रीले ‘प्रविबन्धित’ नेकपाका नेता–कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्न समेत सुझाव दिएका छन् । आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्त्विक फरक नभएको उनले स्पष्ट पारे । ‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ पूर्वप्रधान सेनापति क्षत्रीले भने– ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताविनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ ।’

यतिबेला मुलुकको ठूलो समस्याका रूपमा बल्झिइरहेको राजनीतिक मामिलाबारे भर्खरै सेवानिवृत्त सेना प्रमुखको महत्त्वपूर्ण र अर्थपूर्ण अभिव्यक्तिसम्बन्धी यो खबर मातृका दाहालको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर