newskoseli.Com

कहाँ पुग्यो ‘वाइडबडी छानविन’ ? १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी

बहुचर्चित ‘वाइडबडी जहाज खरिद अनियमितता’ सम्बन्धमा छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको उपसमितिले चैत १९ भित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

उपसमितिको बुधबार बसेको बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघ–संस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी उपसमितिका संयोजक दीपकप्रकाश भट्टले दिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर