newskoseli.Com

अमेरिका लाने भन्दै छक्याएर दुई सांसदसहित दर्जनमाथि ठगी

कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ ।

अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग समेत लाखौं उठाएका हुन् ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अरू व्यक्ति समेत ठगिएको खुलेको हो ।

रोल्पाका भरत डाँगीले सांसदद्वयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशबहादुर कार्कीले फोन गरेर निम्ता दिएको सांसद थापाले बताए । ‘महिलासम्बन्धी विषयमा महिला सांसदलाई पो बोलाउनुपर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन्’– उनले भने ।

सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासपोर्ट लिएर भिसा आवेदन दिएकी थिइन् । उनीहरूसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन ।

सांसदलाई निम्ता दिने केशबहादुर कार्कीको नाम अमेरिकाबाट सञ्चालित ओएसनेपालडटकम नामक अनलाइन पोर्टलको अध्यक्षका रूपमा देखिन्छ । उक्त अनलाइनको काठमाडौंमा समेत कार्यालय छ भने सूचना विभागमा ९३१/०७५/७६ नम्बरमा दर्ता भएको छ । अमेरिकामा रहेकी छोरीसँग पनि भेट हुन्छ भनेर आफू जान तयार बनेको सांसद थापाले बताए ।

आफूलाई प्रस्ताव आएपछि उनले भ्रमण सूचीमा श्रीमतीको नाम पनि चढाएका थिए  । कार्कीले आफूहरूसँगै केही गैरसरकारी संस्थाका प्रतिनिधि पनि अमेरिका जाने भनी झुक्याएको उनले बताएको खबर जनकराज सापकोटाकलेन्द्र सेजुवालको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर