newskoseli.Com

एकै रातमा राजधानीको सडकबाट १८ टन धुलो संकलन

ब्रुमर (यान्त्रिक कुचो) ले काठमाडौंका सडकबाट एकै रातमा १८ टन धु्लो संकलन गरेको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएका ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गर्न नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुमरले त्यति धुलो संकलन गरेको हो । १० करोड ८० लाख रुपैयाँमा महानगरले फागुन २८ मा इटालीबाट ती ब्रुमर ल्याएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५ वटा ब्रुमरले सडक सफा गर्दा एकै रातमा १८ टन धुलो संकलन भएको हो । सडकमा धुलोको अवस्था र क्षेत्रअनुसार दिनहुँ बेलुका ८ देखि बिहान ४ बजेसम्म ब्रुमर चलाउने तयारी महानगरले गरेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर