newskoseli.Com

‘विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक’ : ११७ वर्षीया बाटुली लामिछाने !

ककनी गाउँपालिका वडा नं. ८, नुवाकोटकी ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक घोषणा गर्न राष्ट्रिय ज्येष्ठ नागरिक कोषले सरकारलाई आग्रह गरेको छ ।

कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत १० मा जन्मेकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिंहमा नातिनीसँगै बस्दै आएको जानकारी राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले दिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर