newskoseli.Com

डाक्टर पतिको कुटाइबाट पत्नी सुनिताको मृत्यु

फाइल तस्बिर

चिकित्सक पतिको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका– २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् ।

डा. यादवले चैत ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर