newskoseli.Com

हतियार बनाइरहेकै अवस्थामा प्रहरीद्वारा कारखाना कब्जा

नेपालगञ्ज उपमहानगरपालिका– ५, डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ ।

वडा प्रहरी कार्यालय र प्रदेश– ५ प्रहरीको अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान र बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रहरी टोली पुग्दा नेपाली दुई तले पक्की घरको भुइँतलाको साँघुरो कोठामा हतियार बनाउँदै गरेको अवस्थामा फेला परेको खबर शंकरप्रसाद खनालको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर