newskoseli.Com

मूल्यअनुसार मिसाइन्छ दूधमा पानी !

त्रिभुवन चोकदेखि उत्तर–पश्चिममा एकाबिहानै साइकलहरुको चाङ लाग्छ । सबै साइकलमा दूधका थरीथरीका भाँडा हुन्छन् । किन्नेहरु घरबाटै भाँडो बोकेर आउँछन् ।

मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी– ३, बञ्जारेगाउँका बाशा बर्माले भने– ‘३० देखि ६० रुपैयाँसम्मको दूध बेच्छु ।’ एउटै व्यक्तिसँग दोब्बर मोलको कस्तो दूध हो ? जिज्ञासामा उनले भने– ‘३० रुपैयाँ लिटरमा आधा दूध, आधा पानी; ४० रुपैयाँ लिटरमा दुई हिस्सा दूध र एक हिस्सा पानी अनि ५० रुपैयाँमा डेढ हिस्सा दूध, आधा पानी हुन्छ; जति मूल्य बढ्दै जान्छ, दूधमा पानीको मात्रा उति कम हुँदै जान्छ ।’

बर्माले यसो भनिरहँदा चोकमा साइकलमा पसल थापेर बसेका एक दर्जनको हाराहारीमा दूध पसलेले हँमा हँ मिलाइरहेका थिए । मानौं, उनीहरुलाई यसरी नै दूध बेच्न आनन्द आइरहेको छ । व्यापारी–उपभोक्ताबीचको ‘सन्तुलन’ सम्बन्धी यो खबर शंकरप्रसाद खनालको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर