newskoseli.Com

४४१ केन्द्रीय नेता, ११ महिनादेखि ‘बेरोजगार’ !

पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन ।

गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीका कुनै जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा भएको ढिलाइसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् ।

पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटीलाई पूर्णता दिने बाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर