newskoseli.Com

घर र गाडी ‘दाइजो’ नपाउँदा डाक्टरद्वारा श्रीमतीको हत्या !

नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ ।

दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार ‘सचेत नागरिक, वीरगञ्ज’ को अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरी–चेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ,’ र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने– ‘तब मात्र छोरी–चेलीले दाइजोको आगोमा जल्नुपर्दैन ।’

‘सुख हुन्छ’ भन्ने सोची डाक्टर खोजेर बहिनीको बिहे गरिदिएको सुनीताका दाजु जयप्रकाश यादवले सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं,’ उनले भने– ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो ।’

बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको हत्या गरेको उनले उल्लेख गरे । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको खबर क्रान्ति शाहको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर