नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएसँगै प्रदेश– ५ मा प्रहरीले सो पार्टीका गतिविधि ‘रोक्न’ सक्रियता बढाएको छ ।
प्रदेश– ६ का का सबै १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियत बढेसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ ।
यस प्रदेशमा पछिल्लो दुई सातामा मात्रै उक्त पार्टीका १० जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भ्रातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज समेत रहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।