newskoseli.Com

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च !

भागेश्वर गाउँपालिका– १ का स्थानीयले ८० रुपैयाँ विद्युतको बिल तिर्न २ हजार रूपैयाँ खर्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमटाले बिजुलीको ८० रुपैयाँ महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा–जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।

भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत् प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन फर्कन भ्याउँदैन् ।

जिपको भाडा ७ सय, समान्य होटल कोठाको ५ सय, तीन पटक खानाको ३ सय गरी १५ सय खर्च भयो’– उनले भनेको खबर वन्दना बमको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर