newskoseli.Com

जुम्ल्याहा बच्चाका बेग्लाबेग्लै बाउ ?

चीनकी एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर, एकैसाथ एउटै कोखबाट जन्मिएका दुई बच्चाका बाउ भने फरक–फरक भएको पत्ता लागेको छ ।

डीएनए परीक्षण गर्दा ती बच्चाका बाउ फरक–फरक भएको पत्ता लागेको हो । परीक्षणबाट यस्तो खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्ना बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए त्यसपछि यो घटना सार्वजनिक भएको हो ।

महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको डीएनए परीक्षणपछि खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकारी हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर