newskoseli.Com

कान्ति बाल अस्पताल बन्द हुने हालतमा

स्वास्थ्यकर्मी र बजेटको अभावका कारण देशकै एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

३ सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो १ महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आईसीयू ६, इन्टरमिडियट (आईसीयूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो ।

यसअघि ५२ बेडको केन्द्रीय आईसीयूको अवधारणा भए पनि ३७ वटा आईसीयू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस, ०७३ सम्म कान्तिको आईसीयूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस, ०७३ देखि आईसीयूमा ३४ बेड थप गरेका थिए ।

यद्यपि अस्पतालले ५२ वटा आईसीयू बेड सञ्चालन गर्न सकेन, जम्मा ३७ बेड मात्र सञ्चालित थिए । डाक्टर, नर्स र बजेटको अभावका कारण सेवा प्रवाहमा गम्भीर समस्या आएको अस्पतालका निर्देशक गणेश राईले बताए । ‘मेडिकल अफिसर र आईसीयूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनु परेको छ । यसै साता ६ वटा आईसीयू बेड घटाएर ३१ मा झारिएको छ’– निर्देशक राईले भने ।

‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटक–पटक सहयोगको अपिल गरेका छौं तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छन्’– निर्देशक राईले भनेको खबर अर्जुन अधिकारीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर