newskoseli.Com

८ वर्षमा वितरण भए साढे ५७ लाख ‘एमआरपी’

८ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् ।

सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार ९ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् भने ११ लाख ६ हजार ९ सय ८० महिलाले एमआरपी लिएका छन् । ‘अन्य’ परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।

राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको छ । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ तर आधिकारिक कारण खोजी भएको छैन’– अर्यालले भनेको खबर टेकराज थामीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर