एक अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्युम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात् अरेबिक भाषामा उच्चको हकदार हो ।
यसको मूल्य ३ लिटरको १२ लाख ९५ हजार डरल अर्थात् १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो ३ वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो । यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार ५ सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । छालाको सोफामा रहेको यो बोतल झन्डै २ मिटरको उचाइको छ ।
यसका सर्जक विलासी अत्तरको ब्रान्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबई’ ले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाएको छ । यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।