newskoseli.Com

विप्लव नेकपाका ३ सय नेता–कार्यकर्ता पक्राउ : २ साताको सरकारी ‘उपलव्धि’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका गतिविधिमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएको १५ दिनभित्रै सो पार्टीका २ सय ८० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

फागुन २८ यता नेकपाका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित थुप्रै नेता–कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

‘हामीलाई सरकारले राजनीतिक शक्ति मान्दैन, लुटेरा समूहजस्तो व्यवहार गर्छ,’ सो पार्टीका एक केन्द्रीय नेताले भने– ‘आफैं गोली चलाउँछन्, दोहोरो गोली चल्यो भन्छन्, आफैं वार्ताको डङ्का पिट्छन् तर उता नेता–कार्यकर्ता पक्राउ र धरपकड गर्छन् ।’

सरकार–नेकपा दोहोरीको यो खबर वीरेन्द्र वलीको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर