सर्वोच्च अदालतका ५ सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ ।
न्यायपरिषदले मंगलबार उच्च अदालतका २ न्यायधीश र ३ कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी तथा अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् ।
उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधान न्यायाधीशको रोलक्रममा हुने खबर कृष्ण ज्ञवालीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।