जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला परेको छ ।
परिषदका सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषदमा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ ।
त्यसैगरी, छानबिनमा नपरेका एक न्यायाधीश बालमुकुन्द दवाडी पनि ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश गरेकाले विवादित रहेको खबर कृष्ण ज्ञवालीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।