सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाका चार वटा नयाँ सहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) काम यसै वर्ष सम्पन्न गरिने भएको छ ।
व्यवस्थित र आधुनिक सहर विस्तारका लागि सरकारले उपत्यका काठमाडौंका चार कुनामा नयाँ सहर (स्याटेलाइट सिटी) निर्माणको काम अगाडि बढाएको हो ।
चार वटा नयाँ सहरको डीपीआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।