newskoseli.Com

फेरि समातियो ६ किलो सुन, भित्र्याउन महिलाको प्रयोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन नेपाल भित्र्याउन भारतीय महिलाको प्रयोग हुने गरेको खुलेको छ ।

करिव ६ किलो सुनसहित ४ जना महिला बिहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरिका बाहिर आएको हो । पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैन र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेंलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिएका छन् ।

बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो । पक्राउ परेकाहरु थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएको थिए ।यो समाचार खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा व्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर