थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको शुक्रबार दिउँसो निधन भएको छ ।
मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायतका समस्याबाट पीडित भिक्षुको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको हो । करिव आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रववर्द्धननमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोषले करिव १ सय ५० वटा कृतिहरू प्रकाशित गरेको जानकारी भिक्षु तपस्सीधम्मले दिएका छन् ।
दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत थिए । भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि शुक्रबार साँझदेखि ढल्कोस्थित संघराम बिहारमा राखिनेछ । साँझ ५ बजे महासङ्घको आपतकालीन बैठक बोलाइएको खबर राससले प्रेषित गरेको छ ।