newskoseli.Com

३५० काग मरे, राजधानीमा फैलियो बर्डफ्लु

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बर्डफ्लुको संक्रमणबाट काठमाडौंका विभिन्न ठाउँमा ३ सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ ।

बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमूना परीक्षणमा एच ५ एन १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमूना परीक्षण गर्दा बर्डफ्लु एच ५ एन १ पोजेटिभ देखियो’– प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने ।

नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलो पटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । परेवा, भँगेरामा कुनै समस्या नदेखिएको तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको पशु विकास अधिकृत श्रेष्ठले बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर