newskoseli.Com

के चाहन्छन् डाक्टरहरु ? हडताल निषेधको निर्णय सार्वजनिक भएको भोलिपल्टै हडताल

प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूले एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा आपत्ति जनाएर सरकारी चिकित्सकहरू नै आन्दोलित भएका छन् ।

सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । माग पूरा गराउन सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका १४ सय सरकारी चिकित्सकलाई पूर्वनिर्धारित अप्रेसन, विशेष परीक्षण र स्वस्थ्य सेवा बहिष्कार गर्न भन्दै आन्दोलनमा उतारेको हो ।

‘हामी समायोजनमा जान्छौं तर सबै चिकित्सकलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्छ,’ सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने– ‘कुनै चिकित्सकलाई सधैं एउटै गाउँपालिकामा मात्र सीमित गराएर राख्ने हो भने अध्ययनलगायत उसको वृत्ति विकास कसरी हुन सक्छ ?’

हडताल निषेध गर्ने सरकारको निर्णय सार्वजनिक भएको भोलिपल्टै डाक्टरहरुको हडतालसम्बन्धी यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर