newskoseli.Com

रातभर विमानमै थुनिए १५० यात्रु : प्राधिकरण भन्छ ‘अपराध गरियो’

सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिलो (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिलो गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् ।

तर, नेपाल एयरलाइन्सका लागि भने डिले हुनु सामान्य मानिन्छ । अझ निर्धारित समयभन्दा ४५ मिनेटसम्म ढिलो समेत उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ । गत मंगलबार बेलुकीको समयमा दुबई नउडाएर धावनमार्ग बन्द भएपछि विमान नै रोकिएको विषयलाई उड्डयन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ ।

अझ सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनेर गरिएको छ । बेलुकी ९ बजे जहाज चढेका करिव १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो । उडान हुन नसक्नुमा ३–४ मिनेटको मौका समेत नदिइएको आक्षेप नेपाल एयरलाइन्सले लगाउँदै आएको छ । जबकि नोटाम (विमानस्थल बन्दको सार्वजनिक सूचना) तीन महिनाअघि नै जारी गरिएको थियो ।

‘केही मिनेटले गर्दा समस्या भएको होइन, ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन,’ नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो– ‘अनि चार मिनेट नदिएर करोडौंको क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो, यो त उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो ।’

विश्वमा विरलै देखिने गैरजिम्मेवारीपनको एउटा नेपाली उदाहरणसम्बन्धी यो खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर