newskoseli.Com

६ सय भारतीय कलाकारको आह्वान : ‘भाजपालाई भोट नहालौं’

भारतका ६ सय बढी कलाकारहरूले भारतमा हुन गइरहेको आगामी चुनावमा सत्तासीन भारतिय जनता पार्टी (भाजपा) लाई भोट नहाल्न अपिल गरेका छन् ।

उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन् । संयुक्त रूपमा जारी गरिएको एक वक्तव्यमा उनीहरूले भारतीय मतदाताहरूलाई ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ बिजेपीलाई भोट नगर्न आग्रह गरेका छन् ।

६०० कलाकारको यस जम्बो सुचिमा अमोल पालेकर, अरून्धति नाग, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, नसरूद्धिन शाह, एम के रैना । कविथा लंकेश, कोनकोना सेन शर्मा, लिलेटे दूबे, मल्लिका तनेजा तथा नभतेज जोहर रहेका छन् । ‘धार्मिक संप्रदायवाद, संकीर्णता, संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरूको लामो र गौरवशाली परम्परा रहेको छ,’ अपिलमा भनिएको छ– ‘हामी धर्मनिरपेक्ष, लोकतांत्रिक, समावेशी र मात्र भारतको कल्पना गर्छौं ।’

उनीहरूले आफूहरूको सो कल्पना खतरामा परेको जनाएका छन् । ‘आज गीत, नृत्य र हाँसो खतरामा छन् । आज हाम्रो संविधान खतरामा छ । तर्क , बहस र असंतोषलाई निसासिने गराइँदैछ’– अपिलमा उनीहरूले आगामी चुनावलाई स्वतन्त्र भारतको इतिहासको सबैभन्दा संवेदनशील चुनाव समेत भनेका छन् ।

अपिलमा रंगकर्मीहरूले चुनावबाट प्रेम, समानता तथा सामजिक न्यायलाई पक्षपोषण गर्दै अन्धकार र बर्बरताका शक्तिहरूलाई पराजित गर्नका लागि भोट गर्नुपर्ने जनाएका छन् । ‘हाम्रो अपिल- कट्टरता, घृणाको विरूद्ध । त्यसैले बिजेपी र उसका सहयोगी विरूद्ध भोट हालौं, धर्मनिरपेक्ष, लोकतान्त्रिक, समावेशी भारतका लागि भोट दिऔं, बुद्धिमत्तापूर्वक भोट हालौं’– अपिलमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर