एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
नेताहरुलाई अलग–अलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने अध्यक्षद्वयले तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवारमा छलफल गरेको खबर शुरोजंग पाण्डेको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।