newskoseli.Com

मेलम्चीको बोर्ड बैठक : फास्ट ट्र्याक प्रणालीमा काम अघि बढाउने प्रस्ताव

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेस गरेको छ ।

बुधबार बसेको समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई तत्कालै सम्पन्न गर्न फास्ट ट्र्याक प्रणालीबाट काम अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेस गरेको हो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएको खबर हिमाल लम्सालको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर