newskoseli.Com

भारतबाटै भित्रिइरहेछ नेपालमा बर्डफ्लु

फाइल तस्बिर

भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ देखि नेपाल सरकारले भारतबाट पछीजन्य पदार्थको आयात रोक्यो । तर, देशभित्रै उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा भारतबाटै ल्याउने क्रम भने चली नै रह्यो ।

प्रतिबन्ध लगाइएका पछीजन्य पदार्थको जरिवानाबाट चालू आर्थिक वर्षमा ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख हरेराम यादवले जानकारी दिए । कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपछीको क्वारेन्टाइन जाँच्दै आएको छ ।

नाकामा कडाइ गरिए पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ । ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ,’ भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने– ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न ।’

नेपाली ह्याचरी व्यवसाय ध्वस्त पार्ने बर्डफ्लुको सन्त्रास समेत भारतबाटै भित्रिएको यथार्थसम्बन्धी यो खबर कृष्ण सारू मगरको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर