newskoseli.Com

घुस्याहा अधिकृत राष्ट्रपतिद्वारा सम्मानित हुँदै !

संविधान दिवसको अवसरमा असोजमा घोषणा गरिएका विभुषण नयाँ वर्षको अवसरमा राष्ट्रपतिको हातबाट १ वैशाखमा वितरण हुँदैछ । तर, विभूषण पाउनेको सूचीमा भने घुससहित पक्राउ परेका कर्मचारी समेत समावेश छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार घुससहित पक्राउ परेका थिए । उनी गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा समेत दायर गरिसकेको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौं अधिकृतमध्ये उत्कृष्ट भन्दै गृह मन्त्रालयले उनलाई सम्मान र विभुषणका निम्ति छनोट गरेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर