newskoseli.Com

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउँदै

नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

२०७२ को भूकम्पले यो नाका बन्द भएको थियो । ‘तातोपानी नाका आगामी जेठ १७ देखि सञ्चालन गर्ने तयारी भएको छ’– सरकारी उच्चस्तरीय टोलीसहित मङ्गलबार स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले बताए । मुलुकको रणनीतिक महत्त्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेको छ ।

त्यस क्रममा क्षतिग्रस्त ठाउँ र सडक खण्डमा कटान रोकथाम र पहिरो नियन्त्रणको कार्य भइरहेको खबर भउचप्रसाद यादवको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर