
भद्रवासवासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीविन्दुको शल्यक्रियापछि उनी फेरि संसार देख्ने भए ।
त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५औं वार्षिकोत्सवका अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । उमेर बढेसँगै आँखाको ज्योति घट्दै गएपछि यस्तो समस्यालाई आफ्नो नियति सम्झेर उनले उपचार गरेका थिएनन् । आठ वर्षदेखि छामछुमको भरमा जीवन बिताइरहेका उनी भन्छन्– ‘धमिलो छायाजस्तो मात्रै देखेजस्तो लाग्थ्यो, यो जुनीमा आँखा देख्ने दिन सकिए झैं लाग्थ्यो ।’
आँखा देख्ने सक्ने भएसँगै आफ्नो काम आफैं गर्न सकिने, खेतबारीको काममा लाग्न सकिने भन्दै उनी निकै खुसी देखिए । मोतीविन्दुको समस्याका कारण उनले दुवै आँखा देख्न छोडेको खबर फातिमा बानुको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।