newskoseli.Com

१६ लाख डुबेपछि दाउदको नाममा सांसदलाई धम्की

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् ।

झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । पराजुलीले आफूलाई ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरेर ५० लाख रुपैयाँ मागेका थिए ।

हत्याका लागि ५० लाखको ‘सुपारी’ लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए । पराजुली वैदेशिक रोजगार ठगीका फरार अभियुक्त भएको खुलेको छ । आफ्नो १६ लाख रुपैयाँ डुबेपछि धम्क्याएर पैसा कमाउने बाटो रोजेको उनले प्रहरीलाई बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर