सरकारले ‘तुइनमुक्त देश’ बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुन्डिनु परिरहेको छ ।
गाउँपालिकाको केन्द्रमा आउन–जान समेत ज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नुपर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको । जनप्रतिनिधि मात्र नभई स्थानीयवासीहरूलाई पनि खेतबारीको कामसँगै घाँस–दाउरा समेत तुइनबाटै तार्नुपर्ने बाध्यता रहेको खार्पुनाथ– ३ की महिला सदस्य धना शाही बताउँछिन् ।
चार–पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौंडा र याङचु कुनामा पुल बनाउने भन्दै वर्सेनि ‘सर्भे’ त हुन्छ तर अहिलेसम्म पुल नबनेको खबर जनकबहादुर शाहीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।