सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जानै छाडका छन् ।
पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । पार्टी एकता भएको एघार महिना बितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् ।
पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यालय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेका नेताहरुको घरमा भने बिहानदेखि नै भेटघाटका लागि कार्यकर्ता जाने गरेका छन् । सचिवालमा रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नुपर्ने अडान लिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमै बैठक बोलाएका थिए ।
त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक नबसेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।