newskoseli.Com

भारतमा लोकसभा निर्वाचन, बिहीबारदेखि मतदान : कसको पक्षमा कस्तो माहोल ?

भारतमा लोकसभा निर्वाचनका लागि बिहीबारदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ ।

निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर, चुनाव जित्नेको तस्बिर अझै धमिलै छ, कसैको पक्षमा सङ्लिएको देखिँदैन । यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् ।

पहिलो निर्वाचनमा मानौं कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के–कसो भयो, उनका बाचा के–कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के–कसरी प्रमाणित भए भन्ने हिसाब–किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन् ।

उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औंला ठड्याइरहेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले सरकार निर्माण गर्ने गरी सुविधाजनक बहुमत पाउँछ कि पाउँदैन ? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन ? यी दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ अनि त्यस केन्द्रको पनि भित्री भागमा छन् प्रधानमन्त्री मोदी ।

भारतीय चुनावको परिचर्चा गर्दै यो खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर