newskoseli.Com

अब नेपालमै हतियार उत्पादन ! सुरक्षा निकायको पुनर्संरचना…

नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ ।

प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति, २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना–प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ ।

नीतिमा सुरक्षा निकायको पुनर्संरचना गर्ने समेत व्यवस्था छ । पुर्संचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई पनि ध्यान दिइने खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर