newskoseli.Com

स्ववियु चुनाव जेठको दोस्रो साता…

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १० जेठभित्र गर्न त्रिभुवन विश्वविद्यालयले प्रस्ताव गरेको छ ।

स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकमा सो मितिमा निर्वाचन गर्ने प्रस्ताव विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए ।

‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौं’– उनले भने । बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु (क्रान्तिकारी) का कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौंका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर