newskoseli.Com

बारा–पर्साको हुरीबतास : ‘आगोको ज्वालासहित टोर्नाडो’ भएको पुष्टि

चैत १७ मा बारा–पर्सामा आएको विनाशकारी हुरीबतास नेपालको इतिहासमै पहिलो पटक आगोको ज्वालासहित ‘टोर्नाडो’ भएको विज्ञहरूले पुष्टि गरेका छन् ।

तराईको बारा–पर्सा क्षेत्रमा आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेलेका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले जानकारी दिए ।

चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए । उनका अनुसार एउटा घरको भार १५ पाउन्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउन्डको रहेको थियो । करिव २ सय किलोमिटर प्रतिघन्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघन्टा टोर्नाडोको तीव्र वेग थियो ।

त्यस क्षेत्रमा आगोको लप्कासहितको चट्याङ परेको टोलीकी संयोजक वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले प्रष्ट्याइन् । ‘डढेका रुख र प्रत्यक्षदर्शीले आधा घन्टा वरपर घुँ–घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,’ उनले भनिन्– ‘त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।’

स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो समेत उनले देखाइन् । उनले भने झैं पश्चिमी वायु पोखरा, चितवन हुँदै बारा–पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुको उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको खबर चाँदनी हमालको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर