newskoseli.Com

ओली–प्रचण्डको चन्द्रागिरि बास : वैशाख ९ सम्म एकता टुंग्याउने समझदारी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ अगावै तल्ला तह, जनवर्गीय संगठन र विभागहरुको एकता टुंग्याउने समझदारी गरेका छन् ।

त्यसका लागि अध्यक्षद्वयले केही दिनभित्रै सचिवालयको बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी अध्यक्षद्वयले गरेका हुन् ।

बिहीबार चन्द्रागिरि पुगेका ओली–प्रचण्ड शुक्रबार दिउँसो मात्रै काठमाडौं झरेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर