newskoseli.Com

बालुवाटार जग्गाकाण्ड : छानबिनमा रहेका भाटभटेनी साहु राष्ट्रपतिबाट ‘सुशोभित’ हुँदै !

बालुवाटारस्थित सरकारी सम्पत्ति ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ समेत राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ ले ‘सुशोभित’ हुने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुने भएका हुन् । यसपालि ३ सय ४३ जनाले विभिन्न पदक पाएका छन् ।

गुरुङसहित २ दर्जनभन्दा बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललिता निवासको १ सय १३ रोपनी ३ आना जग्गा हिनामिना प्रकरणमा छानबिनमा रहेको खबर मातृका दाहालको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर