
अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तिमा २७ तालिवान लडाकुको मृत्यु भएको छ ।
उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा जनाइए अनुसार लडाकुले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए ।
घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् । सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको उनीहरुले जनाएका छन् । फोटोः फाइल तस्बिर ।