newskoseli.Com

पात्रो फेरियो, अवस्था फेरिएन : खोक्रा सावित प्रधानमन्त्री ओलीका आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ ।

नयाँ वर्ष– २०७५ को सुरुआतसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए । प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहे, बाँडिरहे । तर, एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएन ।

जनताको दैनिक जीवनमा परिवर्तन आउने गरी सरकारले केही काम गर्न नसकेको बताउँछन् वाम विश्लेषक भरत दाहाल । ‘आमजनताका समस्या समाधान होइन, बढेर गएका छन्,’ दाहाल भन्छन्– ‘भित्ताको पात्रो फेर्नुबाहेक जनताको जीवनमा बितेको एक वर्षमा केही परिवर्तन देखिएन ।’

प्रधानमन्त्री केपी ओलीका आश्वासन र ०७५ सकिएर ०७६ को आगमनसम्बन्धी यो खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर